
भीम रावल एमालेबाट निष्काशित, उषाकिरण र बिन्दालाई ६ महिना निलम्बन

नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाट निस्कासन गरेको छ । आज बसेको सचिवालय बैठकले नेता रावललाई साधारण सदस्य समेत नरहने गरि निस्कासित गरेको हो ।
पूर्व उपाध्यक्ष समेत रहेका रावललाई पार्टी हित विपरीतका कार्य गरेको भन्दै एमालेले साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।
व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषयमा असहमति जनाएपछि उनलाई पार्टीबाट हटाइएको हो ।
महासचिव प्रदीप ज्ञवालीले रावलले निरन्तर पार्टी हित विपरीत अभिव्यक्ति दिँदै आएको र स्पष्टीकरण सोध्दा पनि चित्त बुझ्दो जवाफ नदिएपछि पार्टीबाट हटाइएको जानकारी दिए ।
यस्तै नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषा किरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।
उनीहरूले पार्टी कार्यालय निर्माणका विषयमा असहमति जनाएका थिए ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया