रास्वपामा ‘संसदीय दल’ नेतामा को-को छन् आकांक्षी
रवि लामिछाने सहकारी ठगी अभियोगमा सांसदबाट निलम्बित भएसँगै रास्वपामा संसदीय दलको नेता को भन्ने बहस सुरु भएको छ ।
पार्टी सभापति तथा संसदीय दल नेता रहेका रवि सोमबार निलम्बित भएपछि रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका रुपमा आफूलाई अघि सारेका छन् ।
निलम्बित सांसद तथा सभापति रविले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ । सहमहामन्त्री सुमना श्रेष्ठले मंगलबार पार्टीभित्र अब आफू संसदीय दल नेतामा आउन इच्छुक रहेको खुलेरै प्रकट गरेकी छन् ।
‘टीका लगाएर नेता बन्ने होइन, मुद्दा र एजेन्डाका आधारमा हो,’ श्रेष्ठले केन्द्रीय सदस्यहरुको मेसेन्जर ग्रुपमा लेखेकी छन्, ‘म आफ्नो भिजनसहित संसदीय दल नेतामा अप्लाई गर्छु ।’
श्रेष्ठले एक पदाधिकारीलाई ‘मेन्सन’ गर्दै ग्रुपमा यो जवाफ दिएकी हुन् । उनले आफू दाबेदारीबाट पछि नहट्ने स्पष्ट संकेत गरेकी छन् ।
पार्टीका अर्का पदाधिकारीले भने रविले टीका लगाएर पद नबाँडेको, बरु पार्टी संगठनमा दुई उपसभापतिमध्ये एक अर्याललाई, अनि संसदमा अर्का उपसभापति वाग्लेलाई स्थापित गर्नु न्यायोचित भएको धारणा राखेको बताए । ‘जे निर्णय गरे पनि त्यो पार्टीकै निर्णय हो, तर रवि दाइको मनसाय यस्तो छ,’ ती नेताले भने । अनलाइन खबरमा समाचार छ ।
प्रतिक्रिया