एउटै व्यक्तिले विद्युत अनुमतिपत्र होल्ड गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : सांसद शर्मा

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्युत अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य कानुनी रुपमा अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट संशोधन प्रस्ताव पेश गर्दै सांसद शर्माले जलविद्युत क्षेत्रमा विद्युत अनुमति पत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य एउटा विकृतिको रुपमा रहेको बताए।

उनले विद्युत अनुमति पत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य रोक्ने गरी कानुनमा व्यवस्था गर्नुपर्नेमा जोड दिए।

उनले एक जना व्यक्तिको आर्थिक क्षमताबमोजिम विद्युत उत्पादन लाइसेन्स दिने व्यवस्था हुनुपर्ने उल्लेख गरे। उनले एक व्यक्तिले अनुमति लिने र बिक्री गर्ने कार्यको अन्त्य हुन जरुरी रहेको बताए।

जलविद्युत उत्पादन अनुमतिको व्यवस्थालाई रोक्न सैद्धान्तिक रुपमा व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। उनले पहिला पूर्वका खोला नदीमा लाइसेन्स दिने व्यवस्था रहेको र अहिले पश्चिमतिरका नदी खोलाहरूमा दिन थालिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर