टाउन अफ क्याफेका स्टाफले गरे ग्राहककाे हत्या

ललितपुरको च्यासलस्थित टाउन अफ क्याफेका स्टाफको चक्कुप्रहारबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा २३ वर्षीय नयन गुरुङ रहेका छन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर कोइरालाका अनुसार गएराती क्याफेमा आएका ग्राहक र काउन्टरमा काम गर्ने कर्मचारीबीच बिल तिर्ने विषयलाई लिएर विवाद भएको थियो । विवाद पश्चात काउन्टरमा काम गर्ने कर्मचारी र ग्राहकबीच क्याफे बाहिर झडप हुँदा क्याफेको काउन्टरमा काम गर्ने हेमराज भट्टले गुरुङलाई चक्कु प्रहार गरेको एसएसपी खनालले बताए ।

चक्कु प्रहारबाट गम्भिर घाइते गुरुङलाई तत्काल उपचारका लागि बि एण्ड बि अस्पताल पुर्‍याइएको थियो । गम्भीर चोटका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ। चक्कु प्रहार गर्ने बैतडी घर भई सातदोबाटो बस्ने भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर