ठाेकाेताली

परराष्ट्रमन्त्री आरजुको दिल्ली भ्रमणको अलिखित डायरी

यतिबेला चर्चामा छ, परराष्ट्रमन्त्री आरजु राणा देउवाको दिल्ली भ्रमण ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण सफल रहेको उत्साह लिएर युरोप गएकी उनले त्यतैबाट प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणको चाँजोपाँजो मिलाउन दिल्ली हानिइन् ।

चीन भ्रमणमा ऋण, सहयोग, अनुदान अझै प्रष्ट हुन नसकेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को फ्रेमवर्कमा हस्ताक्षर गर्न/गराउन ओली र आरजु सफल भए । त्यतीमात्र होइन् । चीनको सरकार अधीनस्थ वा नियन्त्रित एउटा अनलाइन संस्करणले खुलेरै लेख्यो नेपालका प्रधानमन्त्रीले परम्परा भंग गर्दै भारतरभन्दा पहिला चीनको भ्रमण गरे ।

भारतमात्र होइन अमेरिका, युरोपियन युनियन र पश्चिमा देशहरु चीनको बीआरआई ‘मनसुवा’ मा अझै सशंकित छन् । बीआरआईलाई पूर्वाधार विकासका माध्यमबाट आफ्नो बेग्लै ‘अलाइन’ बनाउँदै गएको चीनको यो बिस्तार निसन्देह भनेजस्तो छैन् ।

यस्तै, शंका र आशंकाकाबीच परराष्ट्र मन्त्री आरजुले यसपटक गरेको दिल्ली भ्रमण देश र दुनियाँका लागि मात्र होइन् । स्वयम आरजुका लागि समेत सुखद नरहेको अब कसैबाट लुकेको छैन् । छिपेको छैन् ।

यो भ्रमणका दुई पक्षमा सरकार, परराष्ट्र मन्त्रालय र आरजुको टिमले ध्यान नदिँदा अवस्था यस्तोसम्म भयो कि अघिल्लो भ्रमणमा भारतले रातो कार्पेट बिच्छयाएर स्वागत गरेको यसपटक भने एकजना प्रोटोकलका लागि उपसचिव सरहका अधिकारीलाई उभ्यायो । भेटघाट र सुरक्षा तथा सुविधा सबै त यसपटक आरजुभन्दा टाढा रहे ।

दिल्लीका लागि यतिबेला नेपालभन्दा महत्वपूर्ण अन्य धेरै देश छन् । चीनसँगै उसको सम्बन्ध सुधारान्मुख छ । यसबाहेक अर्को भनेको भ्रमणलाई सरकारी बनाउन त्यसका न्युनतम मुल्य प्रक्रिया पुरा हुन् सकेन् ।

उनी हिन्दीमा प्रख्यात टुक्का ‘मुह उठाके आगए’ अवस्था यसपटकको भ्रमणमा भयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धर्मपत्नी आरजुको रवाफ दिल्लीमा कम थिएन् । तर यसपटकले उनलाई दिल्ली दूर होइन् । दिल्लीले नै निकै दूर बनाए जस्तो भयो ।

म दिल्लीमा सबै मिलाउँछु । बीआरआई पछिभारतलाई फकाउने र जसरी पनि प्रधानमन्त्री ओलीको भारत भ्रमण मिलाएर आउँछु भनेर उनी युरोप भ्रमणमा लागेको उनको भ्रमणअघि चर्चा थियो ।

प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रममै आफु अब भारत भ्रमणमा जाने बताएका थिए । उनको भ्रमणको सबै बन्दोबस्ती मिलाउने जिम्मा दुई देशका परराष्ट्र मन्त्रालय, डेस्कहरु र यी सबैका हेडमास्टर परराष्ट्र मन्त्री रहने परम्परा तथा जिम्मेबारी हो ।

स्रोत भन्छ-काठमाडौंबाट युरोप लागेकै दिन उनले दिल्ली स्थित नेपाली दूतावासलाई भारतका विदेश मामिला मन्त्री डा एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिश्रीसंग भेटघाट मिलाउन निर्देशन दिएकी थिइन्।

योसँगै उनले व्यक्तिगत रूपमा पनि डा जयशंकरलाई भेट्न आग्रह गर्दै वाट्सेपमा म्यासेज पठाएको दाबी स्रोतको छ । १९ डिसेम्बर बिहान दिल्ली पुग्ने र २१ डिसेम्बर साँझ नेपाल फर्कने आरजुको नियमित तालिका थियो ।

स्रोतले थप्यो-उनले आफ्ना निकटवर्ती उद्धव प्याकुरेललाई दिल्लीमा एउटा कार्यक्रम आयोजना गर्न लगाएकी हुन्। यो उनको दिल्लीमा उपस्थित हुने एउटा औपचारिक कारण थियो । यसका लागि दिल्लीको एउटा गैर सरकारी संस्थासँग मिलेर काठमाडौं विश्वविद्यालयको एक विभागले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेको थियो । यो आरजुकै आग्रहमा भएको स्रोतको दाबी छ ।

आरजुले ७ डिसेम्बरमा आफु दिल्ली आउने जानकारीसहित पठाएको म्यासेजको १८ डिसेम्बरसम्म पनि कुनै जवाफ नआए पछि उनलाई अप्ठ्यारो लाग्यो। उनले आफ्ना निकट भारतीय जनता पार्टीका प्रवक्ता विजय चौथाइवालालाई पनि म्यासेज गरेर भेट्न आग्रह गरेको स्रोत बताउछ् ।

सार्वजनिक जानकारीका लागि निजी तथा स्वास्थ्य उपचारको भ्रमण भने पनि उनको इच्छा यो भ्रमणलाई आधिकारिक बनाउने थियो। तर भारतले खासै चासो नदिएको स्रोतको दाबी छ ।

१९ डिसेम्बर बिहान दिल्ली पुग्दा उनलाई विमानस्थलमा स्वागत गर्न नेपाली दूतावासका कर्मचारीहरु पुगेका थिए। भारतको तर्फबाट विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने उपसचिव अमित मिश्र प्रोटोकलका लागि मात्रै उपस्थित थिए। उनलाई न त सुरक्षा प्रदान गरिएको थियो न उनको लागि गाडीको व्यवस्था गरिएको थियो। यो सत्य कोही कसैबाट लुकेको छैन् ।

उनले पटक पटक आग्रह गर्दा र नेपाली दूतावासले लगातार प्रयास गर्दा पनि भारत सरकारका आधिकारिक ब्यक्ति कसैले पनि आरजुलाई भेट दिएनन्। पछिल्लो पटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेटेकी आरजुलाई यस पटक डोभाल, जयशंकर, मिश्रीले त परै जाओस् नेपाल डेस्क हेर्ने एडिसनल सेक्रेटरी मनु महवारले पनि भेट्न नमानेको स्रोतको दाबी छ ।

यद्यपी, आरजु दिल्ली पुगेकै दिन नेपाल डेस्क हेर्ने महवारले कार्यवाहक राजदूत सुरेन्द्र थापालाई आफ्नै कार्यकक्षमा भेटे तर आरजुलाई भेट्न मानेनन्।

सुरक्षा सल्लाहकार अजित डोभाल चीनबाट फर्केर आए पछि २१ र २द्द डिसेम्बरमा प्रधानमन्त्री मोदीसँग कुवेत भ्रमणमा गए। विदेश मामिलामन्त्री जयशंकर पनि कुवेत तिरै लागे। विदेश सचिव विक्रम मिश्री मरिसस गएर फर्के। यी सबै भेटघाटमा नेपाली दूतावासलाई वि विल अपडेट यु मात्रै भनियो।

कसैले भेट्न नमाने पछि आरजु ले आफ्नो भ्रमण दुई दिन अझै लम्बाएको दाबी स्रोतको छ। तर, परराष्ट्रमन्त्री निकटहरुले उनको उपचारमा समय लागेको बताउँदै आएका छन् । स्रोतका अनुसार आरजुलाई अझै विश्वास थियो कुवेतबाट फर्केर जयशंकर र सुरक्षा सल्लाहकार डोभालले पक्कै पनि भेट्छन्।

स्रोतका अनुसार यसबीच आरजुले भारतको वाह्य गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ र का चिफ रवि सिन्हा देखि लिएर नेपाल डेस्क हेर्ने सहसचिवलाई समेत भेट्ने आग्रह गरिन् तर कसैले पनि वास्ता गरेनन्।

‘कुवेतबाट फर्के पछि पनि कसैले पनि भेटन् मानेनन्।दिल्लीमा उनलाई न त उनको राखी भाइ ले भेटे न उनले माइत भनेकी भाजपा कोषाध्यक्ष राजेश अग्रवालले नै भेटे, ‘ स्रोतले भन्यो ।

अन्तिम दिन काठमाडौं फर्किनु भन्दा पहिले उनले अनेक प्रयास गरेपछि इंडिया फाउण्डेशनले परिचयात्मक कार्यक्रम आयोजना गरेको थियाृे जहाँ उनको भेटघाट राम माधव संग भयो। भाजपाका पूर्व सचिव राम माधव र उनको पुरानो चिनजान भएको कारण उनले भेट्न बोलाए। राम माधव अहिले न भाजपा मा छन् न राष्ट्रिय स्वयंसेवक संघको कुनै दायित्वमा छन्।

‘अहिले आरजु प्रधानमन्त्रीको दिल्ली भ्रमण बारे त परै जाओस् आफ्नो सम्बन्ध पनि सामान्य बनाउन असफल भएकी छिन्। दिल्लीले उनलाई खाली हाथ फर्काई दियो,’स्रोतले भन्यो ।

साेचे जस्ताे छैन् जीवन भने जस्तै साेचेजस्ताे सम्बन्ध पनि हुँदैन् नी !

हाेइन त ?

#ठाेकाेताली

(ठोकोताली समाचार, विचार, विश्लेषण र व्यंग्यको रोचक तथा घोचक प्रस्तुति हो । यसमा प्रस्तुत विषय कुनै व्यक्ति विशेष नभई समग्र प्रवृत्तिप्रति लक्षित हो ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *