एनपिएल फाइनलमा मधेशी समुदायबिरुद्ध अपशब्द बोल्ने दुईजना पक्राउ
प्रहरीले शनिवार सम्पन्न नेपाल प्रिमियर लिगको फाइनलमा एउटा समुदाय विशेषलाई लक्षितगरि अभद्र व्यवहारगर्दै अपशब्द प्रयोग गर्ने दुईजनलाई नियन्त्रणमा लिएको छ ।
कीर्तिपुरस्थित क्रिकेट ग्राउण्डमा नेपाल क्रिकेट संघको आयोजनामा नेपाल प्रिमियर लिगको जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल बीचको फाइनल खेल समाप्ति पश्चात केहि व्यक्तिहरुले अपमान जनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भभाव बिगार्न खोज्ने तथा बिभिन्न व्यक्तिहरुलाई अभद्र व्यवहार गरेको उजुरीपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिहरूमा डोटी आदर्श गाउँपालिका वडा नम्बर २ घर भई हाल कीर्तिपुर–८ मा बसोबास गर्दै आएका २१ वर्षीय अशोक साउद र डोटी दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ घर भई हाल कीर्तिपुर–७ भाजङ्गलमा बस्दै आएका १९ वर्षीय गणेश साउद रहेका छन्।उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया