एलपी ग्यासको खपत २० प्रतिशतले बढ्यो

चिसो मौसम सुरु भएसँगै बजारमा खाना पकाउने एलपी ग्यासको खपत बढ्न थालेको छ । अन्य समयको तुलनामा चिसो समयमा ग्यासको प्रयोग धेरै हुने हुँदा खपत बढेको हो । चिसो मौसममा खाना पकाउनुका साथै ग्यास गिजरको प्रयोग पनि बढ्छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले अन्य समयको तुलनामा चिसो मौसममा १५ देखि २० प्रतिशत ग्यासको खपत बढ्ने बताए । विगतका वर्षमा चिसो समयमा २५ देखि ३० प्रतिशत ग्यासको माग बढ्ने गरेकोमा पछिल्लो समय २० प्रतिशतमा झरेको उनको भनाइ छ ।

चिसो समयमा बजारमा ग्यासको माग बढ्दै गए पनि सो अनुपातमा आपूर्ति नियमित नहुँदा अभाव देखिने गरेको उनको भनाइ छ । उनका अनुसार चार वर्षदेखि ग्यासको कोटा बढाइएको छैन तर ग्यास सिलिन्डर प्रमाणीकरण गरी थप सिलिन्डर सङ्ख्या २३ लाख पुगेको छ । सङ्घका अनुसार बजारमा एक करोड ५७ लाख सङ्ख्यामा सिलिन्डर रहेका छन् ।

अध्यक्ष घिमिरेले भने, ‘मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा रहेकाले पनि जाडो समयमा माग बढ्दा ग्यासको अभाव देखिन्छ ।’ केही दिनयता भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यासको कम लोड हुँदा बजारमा ग्यासको आपूर्तिमा सामान्य अभाव देखिएको उनको भनाइ छ । दुई वर्षअघिको तुलनामा हाल बिजुलीको प्रयोग बढ्दै गएकाले बजारमा ग्यासको खपतमा पनि सामान्य कमी आएको उनको भनाइ छ ।यो समाचार गोरखापत्र दैनिकमा छ,

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर