सात जना प्रहरी अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित
प्रहरीका सात जना अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरूलाई सुशोभन गरेका हुन् ।
मन्त्रिपरिषद्को पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिव स्तर) को पुस ५ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा ५ जना गरी पदोन्नति भएका ७ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभितका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दुर्गा सिंह र भरत बहादुर बोहरा तथा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षकहरू डा। राम प्रसाद शर्मा, डा। नवीन लागेजु, डा. समृद्धि कार्की, डा. अन्जली तण्डुकार र प्रदिन ताम्राकार छन् ।
प्रतिक्रिया