
‘हनी ट्रयाप’ प्रकरण : इन्स्पेक्टर बिनुकुमारी अदालतमा उपस्थित

आपराधिक लाभको मुद्दामा मुछिएकी प्रहरी निरीक्षक बिनुकुमारी शाही आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छन् ।
प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएपछि बयान थालिएको छ ।
जिल्ला अदालत ललितपुरका प्रवक्ता एवम् सूचना अधिकारी रामसजीवन महतोले प्रहरी निरीक्षक शाही उपस्थित भएपछि बयान थालिएको बताए ।
बिनुकमारी बयानमा उपस्थित भएसँगै अब बयान लिइसकेर मुद्दाको सुनुवाइ प्रक्रिया पनि अघि बढेको छ ।
मोरङ निवासी एकजना घरजग्गा कारोबारीलाई ‘हनी ट्रयाप’मा पारेर रकम असुलेको घटनामा शाहीलाई पनि प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
- आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक : परराष्ट्रमन्त्री
- सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण ऐन संशोधन गर्यौँ : बलराम अधिकारी
- कुलमान र हितेन्द्रदेवको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा राखियो
प्रतिक्रिया