एनपिएल : विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान
६ पुष २०८१ २१:२४
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित एक करोड दश लाख प्राप्त गरेको छ ।
आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो ।
फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रूपमा रु. एक करोड दश लाखको चेक जनकपुरका कप्तान तथा खेलाडी आशिफ शेख र अनिल शाहलाई प्रदान गरेका हुन् ।
प्रतिक्रिया