एनपिएलमा कसले के जिते ?

नेपाल प्रिमियर लिग (एनपिएल)को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोडेको हो ।

याेसँगै नेपाल प्रिमियर लिग (एनपिएल) सकिएको छ । १६ मंसिरमा सुरु भएको खेल आज (शनिबार) उपाधि भिडन्तसँगै सकिएको हो । एनपिएलमा सहभागी आठ टिममध्ये जनकपुर बोल्ट्सले फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको हो ।

एनपीएल सकिएसँगै विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अवार्ड वितरण गरेका हुन् ।

नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई कार प्रदान गरिएको छ ।उपाधी प्रतिस्पर्धामा दाेस्राे भएकाे सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् ।

उनी सर्वोत्कृष्ट खेलाडी बने । उनले ओमोडा ईभी कार पाएका हुन् ।

शनिबार टीयु क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेको थियो । उपाधि जित्न नसकेपनि समग्र प्रदर्शनको आधारमा दीपेन्द्रले कार पाएका हुन् ।

यता जनकपुर बोल्ट्सका स्पीनर ललित राजवंशीले बाइक पाएका छन् । प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिएका राजवंशीले उपाधिसहित बाइक पाएका हुन् ।

प्लेअर अफ द म्याचको उपाधि भने जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले जितेका छन् । टोलीको जितमा मिलन्था नायक बनेका थिए । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए ।

उनले ५० हजार रुपैयाँ पाए । सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजारको रुपैयाँ रिचार्ज भौचर जिते।

कर्णाली याक्सका बिपिन प्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन् । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।

इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशम घोषित भए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *