एनपिएल : उपाधि जित्न जनकपुरलाई १८५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १८४ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर सैफ जैबले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६९ रन जोडे । अर्का ओपनर विनोद भण्डारीले ४१ रनको योगदान गरे ।

भण्डारी र जैबले उत्कृष्ट सुरुवात गरेका थिए । उनीहरुले पहिलो ओभरका लागि ११७ रनको साझेदारी गरे । जुन सुदूरपश्चिमका लागि सबैभन्दा ठूलो साझेदारी हो ।

त्यसपछि लगातार विकेट गएको कारण विशाल लक्ष्य दिन सुदूरपश्चिमले सकेन । तर, प्रतिस्पर्धात्मक लक्ष्य भने दिएको छ ।

कप्तान दीपेन्द्रसिंह ऐरीले ९, हरमित सिंहले १४, ब्राण्डन म्याकमुलनले १४, स्कट कुगेलेइनले १३ रन बनाए । आरिफ शेख १ रनमै आउट भए ।

जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले तीन/तीन तथा ललित राजवंशी र जेम्स निशमले १–१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *