काँग्रेस, एमाले, माओवादी र मधेसवादी सबै भ्रष्टाचारमा लिप्त छन् : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरु चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।
।
जनकपुरधाममा शनिवार नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० मधेस प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र० र मधेसवादी राजनीतिक दलहरु चरम भ्रष्टाचारमा लिप्त रहेको बताए ।
उनले आफूले गरेका भ्रष्टाचारहरु लुकाउन सरकार फेरिने र एकले अर्कोलाई आरोप लगाउने गरेको बताए । भ्रष्टाचारतन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तिब्र विकास र समृद्धि ल्याउने एजेण्डा आफूले बोकेको बताए ।
उनले देशको मुख्य समस्या गरिबी र बेरोजगारी रहेको भन्दै यसलाई हटाउन आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए । उनले देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने, रोजगारी सिर्जना गर्ने गुरुयोजना आफूहरुले बनाएको बताए ।
भोट किनेर सत्तामा पुग्ने र पालैपालो देशलाई काम भइरहेको बताए । भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउने र सबै भ्रष्टाचारीहरुको छानविन गरेर कठघरामा उभ्याउने प्रतिवद्धता जनाए । उनले भने–‘सबै पार्टी जसरी चरम भ्रष्टाचारमा डुबेका छन्, नेताहरु सबै कमिसनखोरीमा गाँजिएका छन् । चाहे काँग्रेस भन्नुस्, एमाले भन्नुस्, माओवादी भन्नुस् । चाहे मधेसवादी दलहरु भन्नुस् । यो त पटक पटक तपाईंहरले देख्नुभएको छ । हामी त्यो दुष्चक्र रोक्न चाहन्छौँ । भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउँछौँ । त्यसले सबै भ्रष्टाचारीहरुको छानविन गरेर यिनलाई कठघरामा उभ्याउँछौँ । कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ ।’
संघीयताका अपूर्णतालाई कानूनहरु छिटो बनाएर प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने बताए ।
केन्द्र र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद मोडलबाट जाने गरी आफूहरु अघि बढ्ने बताए ।
प्रतिक्रिया