ध्यानलाई दिनचर्याको अभिन्न अंगको रुपमा अपनाऔँ : प्रधानमन्त्री
६ पुष २०८१ १२:१०
प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाउन आग्रह गरेका छन् ।
शनिवार अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई अब उपरान्त ध्यान दिवसको रुपमा मान्यता दिएको उल्लेख गर्दै उनले खुशी व्यक्त गरे ।
उनले ध्यान दिवसको सबैले सदुपयोग गर्न आह्वान गर्दै ध्यानबाट लाभ लिन आग्रह गरे । उनले ध्यान मानव जातिको कल्याणको निम्ति भएको उल्लेख गरे । वर्षमा एक पटक २१ डिसेम्बरका दिन मात्र नभइ आफ्नो दिनचर्या बनाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले ध्यानबाट शारीरिक र मानसिक हिसावले सधैँ स्वस्थ रहन र अरुलाई पनि स्वस्थ रहन सहयोग पु¥याउन आग्रह गरे ।
प्रतिक्रिया