एनपिएल : जनकपुर बोल्ट्सको जितको कामना गर्दै मन्दिरमा पूजापाठ
नेपाल प्रिमियर लिग एनपिएलमा आज फाइनल खेल हुँदैछ । खेल मध्यान्ह सवा १२ बजे त्रिभूवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा हुनेछ ।
एनपिएलको पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पुगेका छन् । दुवै टिमले समूहचरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
एनपिएलमा सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिम प्रदेशको प्रतनिधित्व गरेको छ भने जनकपुर बोल्ट्सले मधेस प्रदेशको प्रतिनिधित्व गरेको छ ।
यसैबीच आज एनपिएलको फाइनल जित्नका लागि मधेस प्रदेशका युवाहरुले जनकपुर बोल्ट्सको समर्थन गर्दै विजयीको कामना स्वरुप मन्दिरमा पुगेर पूजा आराधना गरेका छन् ।
युवाहरुले जनकपुर बोल्ट्सको जितको लागि पूजापाठ एवं मंगलवपाठ समेत गरेका छन् । जनकपुर बोल्ट्सका एक समर्थकले राजदेवी मन्दिरमा पुगेर जनकपुर बोल्ट्सको जितका लागि पूजापाठ गरेको बताए ।
जनकपुर बोल्ट्सका समर्थकहरुले जनकपुरका विभिन्न मठ मन्दिरमा पुगेर जनकपुर बोल्ट्सको जितका लागि कामना गरेका हुन् ।
प्रतिक्रिया