नेपालको उर्जा, पूर्वाधार विकास, कृषिमा लगानी गर्न भारतीय उद्यमीलाई परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको उर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीहरुलाई आह्वान गरेकी छन् ।

शुक्रवारबाट ‘भारत-नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स)पछि कुरा गर्दै उनले यस्तो आह्वान गरेकी हुन् । नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गरिन् ।

उनले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराइन् ।

उनले नेपाल र भारतबीचको सम्बन्ध पुरानो र धेरै राम्रो रहेको उल्लेख गरिन् । उनले नेपालका लागि भारत धेरै नै महत्वपूर्ण रहेको भन्दै नेपाल र भारतबीच नागरिक नागरिकबीचको सम्बन्ध रहेको बताइन् । उनले सामाजिक संस्कार, संस्कृति मात्रै नभइ व्यापार, व्यवसायमा पनि नेपाल र भारतबीच धेरै ठूलो सम्बन्ध रही आएको बताइन् ।

उनले भनिन्, ‘नेपाल र भारतबीचको सम्बन्ध धेरै राम्रो छ । नेपालका लागि भारत धेरै नै महत्वपूर्ण छ । नेपाल र भारतबीचको सम्बन्ध धेरै नै पुरानो हो । सामाजिक संस्कार, संस्कृतिले मात्रै होइन, व्यापार, व्यवसायमा पनि नेपाल र भारतबीच धेरै ठूलो सम्बन्ध छ । नेपाल र भारतबीच नागरिक नागरिकबीचको सम्बन्ध पनि धेरै नै महत्वपूर्ण छ ।’

नेपाल र भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *