रविको फोटो सार्वजनिकपछि रञ्जिताको टिप्पणी- हामीमाथि विभेद भएकै हो जस्तो महसुस भयो

सहकारीको रकम अपचलन प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सार्वजनिक हिरासतको तस्वीरप्रति नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टिप्पणी गरेकी छन् ।

उनले अहिले हिरासतमा धेरै सुख सुविधा हुने रहेछ भन्दै कटाक्षयुक्त टिप्पणी गरेकी छन्।

पूर्वमन्त्री समेत रहेकी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना श्रीमान् रेशम चौधरीको हिरासत अवस्थाको तस्वीर राख्दै आफूहरूमाथि विभेद गरिएको रहेछ भन्ने महसुस भएको टिप्पणी गरेकी छन् । ‘उहाँ यसरी बस्नु हुन्थ्यो । अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा’, रेशमको खुट्टामा नेल लगाइएको तस्वीर राख्दै उनले लेखेकी छन्, ‘पूर्व गृहमन्त्री माननीय रवी ज्यूको फोटो भाइरल भइरहेको अवस्थामा हामीमाथि चाहिँ विभेद भएकै हो जस्तो महसुस भयो । हाम्रो नागरिक उन्मुक्ति पार्टीको जन्मदाता त्यस समय उहाँ (रेशम) पनि जननिर्वाचित सासंद नै हुनुहुन्थ्यो ।’

रेशम चौधरी २०७२ सालमा कैलालीको टीकापुरमा प्रहरी उच्च अधिकारीसहितको ज्यान जानेगरी भएको घटनाको योजनाकार रहेको भन्दै प्रकाउ गरेका थिए । प्रहरी हिरासतमा रहेका बेला बिरामी परेका रेशमलाई अस्पताल लगियो र अस्पतालको बेडमा प्रहरीको प्रत्यक्ष निगरानीमा खुट्टामा नेल बाँधे राखिएको थियो ।

रञ्जिताले सोही विषयलाई सम्झिएकी हुन् । अदालतले दोषी ठहर गरेपछि जेल चलान भएका रमेश राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भइसकेका छन् । उनी कारागारमै हुँदा नागरिक उन्मुक्ति पार्टीको गठन भएको थियो । उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभामा चार सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *