वर्तमान गठबन्धन फेल भए यो व्यवस्था नै ढल्छ : सांसद अमरेशकुमार सिंह

प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले वर्तमान गठबन्ध फेल भएको खण्डमा वर्तमान व्यवस्था ढल्ने टिप्पणी गरेका छन्।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले संसद्का दुई ठूला दल मिलेर गठन भएको यो सरकार नै वर्तमान व्यवस्थाको अन्तिम सरकार भएको टिप्पणी गरे।

उनले संसद्का दुई ठूला दल मिलेर सरकार बनेको अभ्यास नेपालबाहेक संसारमा कहीँ नभएकाले उल्लेख गरे। उनले जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएको कारणले व्यवस्था फेल भएको खण्डमा राजनीतिक दलभन्दा बढी कर्मचारी दोषी हुने जिकिर गरे।

यस्तै, सांसद सिंहले सादा पोसाकका प्रहरीलाई फिल्डमा खटाउन नहुनेसमेत बताए। घुमुवा प्रहरी खटाउनु नै परे घुमुवा पोशाकका प्रहरी मात्र खटाउनुपर्ने उनको भनाइ थियो।

उनले भन्सार तथा यातायात कार्यालयहरुमा विचौलियामार्फत मात्र जनताको काम हुने प्रवृत्ति अन्त्य गनुपर्नेमा जोड दिए। साथै उनले निजामती विधेयकलाई पास गर्दा राजनीतिक दबाब र प्रभावमा पर्न नहुने बताए।

उनले भने, ‘राष्ट्र अहिले असफलतातिर गइरहेको छ। वर्तमान गठबन्धन फेल भयो भने यो व्यवस्था नै फेल हुन्छ नि। दुनियाँमा कहीँ पनि संसदका दुई ठूला दल मिलेर सरकार बनाउँदैनन्। यो अन्तिम टेस्ट हो। त्यसैले यो व्यवस्था फेल भएको खण्डमा यहाँको निजामती कर्मचारी पनि त्यत्तिकै दोषी हुन्छ। किनभने जनताको सरोकार राजनीतिक दलहरुभन्दा कर्मचारीहरुसँग बढी हुन्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर