
३१.४३ अंकले घट्यो नेप्से


बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१.४३ अंकले घटेको छ । आज १.१९ प्रतिशतले घटेर २५९६.८२ विन्दुमा बन्द भएको छ ।
कुल २९ कम्पनीको सेयर मूल्य बढ्यो भने २११ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज ५५ हजार ९८९ पटकको सेयर किनबेचबाट ४ अर्ब ७६ करोड रूपैयाँको कारोबार भएको छ । कुल ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच भए ।
प्रतिक्रिया