दुर्गा प्रसाईँको रिट खारेज, ऋण असुलीको बाटो खुल्यो

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ ।

बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईँले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए ।

उक्त रिट उच्च अदालत विराटनगरले खारेज गरिदियो । मङ्गलवार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो ।

यससँगै उनले बैंकबाट लिएको ऋण असुलीको बाटो खुलेको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि भन्दै उनले विभिन्न बैंकबाट ऋण लिएर तिरेका छैनन् ।

लामो समयदेखि ऋण नतिरेपछि बैंकहरु ऋण असुली प्रक्रियामा गएका थिए । तर, प्रसाईँले उल्टै बैंकका कर्मचारीलाई थर्काउँदै ऋण नतिर्ने भन्दै अदालतमा रिट दायर गरेका थिए ।

प्रसाईँको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ ।

प्रसाईँले ऋण नतिरे धितो लिलामीबाट बैंकले ऋण असुल गर्न सक्नेछन् । पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि दुर्गा प्रसाईँले चार वटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर