कतारको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयाे

नेपालस्थित कतारी राजदुतावासले काठमाडौमा विभिन्न कार्यक्रमको आयोजना गरेर आफ्नो राष्ट्रिय दिवस मनाएकाे छ। हरेक वर्ष कतारले राष्ट्रिय दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको छ।

राष्ट्रिय दिवसको अवसरमा आयोजित रात्रिभोजमा उपस्थित भएका नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारी जनतालाइ शुभकामना दिए । नेपालका लागि कतारी राजदुत मिशाल विन मोहमद अलअन्सारी र उपराष्ट्रपति यादवले संयुक्त रूपमा केक काटेर रात्रिभोजको शुरूवात गरेका थिए ।

कार्यक्रममा राजदूत अल अन्सारीले नेपाल र कतारबीचको बलियो कूटनीतिक सम्बन्ध बारे चर्चा गरे । नेपाल कतारबीचको सम्बन्ध १९७७ मा स्थापना भएदेखि नै रहेको छ । उनले कतारको विकास र समृद्धिमा नेपाली कामदारहरूको योगदानको प्रशंसा गर्नुका साथै यस वर्षको अप्रिलमा कतारका अमिरको नेपाल भ्रमणले यो सम्बन्धलाई  अझ बलियो बनाएको बताए । यसका साथै, दुई देशका सरकारहरूबीच सहयोगका लागि आठ समझदारीपत्र र सम्झौताहरूमा हस्ताक्षर भएको समेत जानकारी दिए ।

२००७ मा महामहिम शेख तमिम बिन हमद अल-थानी, युवराज र तत्कालीन उत्तराधिकारी, २१ जुन २००७ मा जारी गरिएको डिक्री नम्बर ९११० अन्तर्गत प्रत्येक वर्ष डिसेम्बर १८ लाई आधिकारिक रूपमा राष्ट्रिय दिवस मनाउंने निर्णय गरिएको थियो ।

कतारले आफ्नो देशको जग बसेको १८ डिसेम्बर १८७८ को सम्झनामा हरेक वर्ष राष्ट्रिय दिवस मनाउँदै आएको हो। त्यतिखेरका अमिर शेख जसिम बिन मोहमद बिन अल थानीले विभाजित समुदायलाई एकतामा बाँधेर कतारको जग बसाएका थिए।

कतार प्रायद्वीपमा मानव बसोबास लगभग ४ सय बीसीतिर सुरु भएको मानिन्छ। आधुनिक कतारका संस्थापक सेख जसिम बिन मोहम्मद अल थानी तमिम समूहका थिए। उनले आधुनिक कतारको नेतृत्व गर्दै विकासको गतिमा अगाडि बढाए। स्थानीयस्तरमा उनले स्वतन्त्र र एकीकृत कतारको पक्षमा वकालत गर्दै अभियान चलाए।

उनको नेतृत्वमा कतार स्थायित्वपूर्ण राष्ट्रका रूपमा उदय भयो। शेख जसिमले दुई शक्ति समूहहरू अरबको खाडी र बेलायती साम्राज्यलाई समदूरीमा राख्दै कतारलाई अगाडि बढाए।

उनी सन् १८७६ मा कतारको डेपुटी गभर्नरका रूपमा नियुक्त भए र सन् १८८८ मा सुल्तान अब्दुल हमिदको पद पाए। सन् १८७८ मा उनी शक्तिमा आएसँगै कतारले स्वतन्त्रताको मान्यता पाउन थालेको थियो।

सोही समयमा कतारमा शेख जसिम नेतृत्वको सेना र अटोमन सेनाबीच युद्ध भयो। कतारी सेनाले अटोमन सेनालाई पराजित गर्नु नै कतारको राजनीतिक इतिहासमा एउटा कोसेढुंगाको रूपमा लिइन्छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर