एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठकले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकबाट पार्टी यस्तो निष्कर्षमा पुगेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले राष्ट्रिय एजेन्डाहरूमा सहकार्यको सम्भावना सधैँ जीवित रहेपनि पार्टी एकताको सम्भावना नरहेको बताए । उनी राष्ट्रिय एजेन्डाहरूमा सहकार्य गर्नको लागि पार्टी सधैँ तयार रहेको समेत बताए । उनले बैठक अगामी निर्वाचनहरूमा नेकपा (एकीकृत समाजवादी) लाई सशक्त प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरूलाई देशभरि स्थापित गर्नेबारे केन्द्रित रहेको बताए ।

उनले भने ‘हाम्रो पार्टीको स्थायी कमिटीको बैठक आज पाँचौँ दिन पनि छलफल मै व्यवस्थित छ । हामीले समसामयिक राजनीतिक विषय र पार्टी सुदृढीकरणका लागि अगामी कार्ययोजनाको विषयमा छलफल गरेका छौं । अब जनताको जनजीविकार मागहरूसँग जनतालाई जोडेर घरघरबाट जनसंघर्षको माध्यमबाट पार्टी निर्माण गर्न सकिन्छ भन्ने दिशामा हाम्रो निर्णय केन्द्रित छ । त्यही अनुरूपको निर्णय भोलि सार्वजनिक गर्नेछौँ । त्यसैगरी अगामी निर्वाचनहरूमा नेकपा एकीकृत समाजवादीलाई सशक्त प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरूलाई देशभर स्थापित गर्नेबारे छलफल केन्द्रित छ । यसबारे पनि निर्णय भोलि नै आउने छ । हालको अवस्थामा अन्य कुनैपनि कम्युनिष्ट पार्टीहरूसँग एकीकरण गर्ने अथवा पार्टी एकता गर्ने आजको सम्भावना नरहेको तर सहकार्यको सम्भावना सधैँ जीवितै रहेको हुँदा विभिन्न राष्ट्रिय एजेन्डाहरूमा सहकार्य गर्न तयार छौं । तर पार्टी एकताको नाममा कुनै पार्टीसँग एकीकरण गर्ने सम्भावना नरहेको पार्टीको धारणा छ ।’

भोलि बस्ने बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे निर्णय सार्वजनिक गर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर