सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद

पर्साको वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले ३० लाख बराबरको कपडा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

बरामद गरिएको कपडामा कुर्तासुरूवाल एक हजार छ सय २७ थान, स्काफ एक हजार सात सय २२ थान, सल दुई हजार सात सय ६८ थान, लेडिज ब्याग, साडीपिन, लङ्कोटलगायत रहेको छ । ती सामानको मूल्य ३० लाख ४९ हजार सात सय कायमगरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *