एनपिएल : विराटनगर किंग्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा काठमाडौं गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ ।

आइतबार भएको खेलमा विराटनगर किंग्समाथि काठमाडौं गुर्खाजले १ विकेटको रोमाञ्चक जित निकालेको हो ।

जितका लागि १ सय १८ रनको लक्ष्य पाएको काठमाडौं गुर्खाजले १८.१ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो ।

काठमाडौंको जितमा प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रनको योगदान दिए । शंकर रानाले नटआउट १६ रन जोडे । राशिद खानले १४ रन बनाउँदा गेर्हार्ड इरास्मसले १२ रन जोडे ।

माइकल लेविटले १० रनको योगदान दिए भने दिपेश कँडेलले नट आउट ११ रनको शानदार पारि खेले ।

स्टीफन एस्किनाजी, डेनियल डथवेट र भीम सार्कीले समान १–१ रन बनाए । शाहब आलम ३ रनमा आउट हुँदा कप्तान करण केसी शून्य रनमा पेभिलियन फर्किए ।

बलिङमा भने विराटनगरका कप्तान सन्दीप लामिछानेले सार्वाधिक ३ विकेट लिए । अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान २–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो ।

विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा एक छक्का र एक चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । दीपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे ।

विराटनगरका लागि लोकेश बमले आठ, सुवास भण्डारीले छ, इस्मत आलमले पाँच र क्रिस सोलले एक रनको योगदान दिए । यो खेलमा विराटनगरले अतिरिक्त १२ रन प्राप्त गरेको छ ।

बलिङतर्फ काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, दिपेश कँडेलले दुई विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले एक÷एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *