अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गरौँ : चन्द्रप्रसाद ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गर्न जरुरी रहेको बताएका छन् ।
शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले नीति ल्याएर मात्रै अर्थतन्त्र चलायमान नबन्ने भन्दै सबै पक्ष जिम्मेवार हिसाबबाट अघि बढ्न सक्नुपर्ने बताए । उनले सबै जिम्मेवार भएर काम गर्ने हो भने छोटो समयमै अर्थतन्त्र सुधार हुने दाबी गरे ।
उनले अन्तरमन्त्रालय र निकायबीचको समन्वयको अभावले पनि कतिपय समस्याहरू सिर्जना भइरहेको बताए ।
उनले भने ‘सरकारले पोलिसी ल्याएर मात्रै पनि हुँदैन । हामी सबैले आफ्नो जिम्मेवारी वहन गर्न सक्नुपर्छ । हामी सबै पक्ष एउटा जिम्मेवार हिसाबबाट जान सक्नुपर्छ । छोटो समयमै सुधार गर्न सकिन्छ । हाम्रो मन्त्रालय, मन्त्रालयबीच, मन्त्रालय र विभागबीच, विभाग र मातहतका कार्यालयबीच पनि समन्वय हुन सकेको छैन । यसले कन्फिडेन्स बिल्डप गर्नेकुरामा अवरोध गरेको छ । निकायहरूबिचको समन्वय महत्वपूर्ण छ । काम गरेको भुक्तानी सरकारले गरिदिन्छ है भन्ने वातावरण बन्नुपर्छ । उहाँहरुले प्रस्तुत गर्नुभएको रकम र सरकारले प्रस्तुत गरेको फिगर फरक छ । वास्तविक रकम कति हो त्यो आउनुपर्छ ।’
अध्यक्ष ढकालले अर्थतन्त्र अहिलेको अवस्थामा पुग्नु विगतमा सरकारले लिएका नीतिहरू रहेको बताए ।
प्रतिक्रिया