‘दुई ठूला राजनीतिक दलहरू मिलेर बनेको सरकारले पनि अर्थतन्त्र सुधार गर्न सकेन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संसदका दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाए पनि आर्थिक सुधार हुन नसकेको बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसदका दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएपछि निजी क्षेत्रले आर्थिक सुधार हुने अपेक्षा राखेपनि आर्थिक सुधार हुन नसकेको बताए । उनले मौद्रिक नीति पनि कछुवाको गतिमा सुधार भइरहेको बताए ।

उनले चितुवाको गतिमा नीतिगत सुधार हुनुपर्नेमा जोड दिए ।

उनले भने ‘संसदका दुई ठूला दलहरू मिलेर सरकार बनेपछि निजी क्षेत्रले धेरै आशा लिएको थियो । तर अहिलेसम्म खै आर्थिक सुधार त्यति हुन सकेको छैन । श्रावणमा केन्द्रीय बैंकले लचिलो मौद्रिक नीतिको सुरुवात गरेको थियो र आशा थियो कि त्यो मौद्रिक नीति क्रमशः सुधारोन्मुख हुन्छ भनेर तर पनि अत्यन्त ढिलो गतिले सुधारोन्मुख छ । कछुवाको तालले मात्रै चलिरहेको छ । चितुवाको गतिले नीतिगत सुधारहरू हुनुपर्यो ।’

अध्यक्ष अग्रवालले देशलाई आर्थिक दृष्टिकोणले नयाँ दिशा दिन निजी क्षेत्र तयार रहेको बताए । शिथिल अर्थतन्त्रबाट उन्मुक्ति नपाएसम्म क्रेडिट रेटिङले मात्रै नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *