क्याच छोडेपछि लामो इनिङ खेल्ने विश्वास पलायो: बसिर

विराटनगर किङ्सको जितमा अलराउण्डर प्रदर्शन गरेका बसिर अहमदले अघिल्लो खेलमा हारेकाले आज धेरै राम्रो गर्छु भनेर खेलेको बताएका छन् ।

चितवन राइनोजविरुद्ध जित निकालेपछि विराटनगरका बसिरले सुरुमा नै विकेट गएकाले ठूलो स्कोर बन्छ भन्ने नलागे पनि समय लिएर खेल्ने उद्देश्य रहेको उल्लेख गरे । उनले काठमाडौं गुर्खाजविरुद्धको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताएका छन् । आफ्नो क्याच छोडे पनि आज लामो इनिङ खेल्छु भन्ने विश्वास पलाएको उल्लेख गरे । उनले आजको खेललाई आफ्नो करियरका खेलमध्ये राम्रो बन्न सकिने बताए ।

चितवन राइनोजका रिजन ढकालले पहिलो इनिङदेखि खेलपछि परेको उल्लेख गरेका छन् । बलिङ गर्दा राम्रो सुरुवात दिलाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको उनको भनाइ छ । उनले यी हारका बाबजुद पनि प्लेअफ सम्भावना रहेको उल्लेख गरेका छन् ।

उनले बसिरको क्याच छोड्नु नै टर्निङ पोइन्ट रहेको बताए । नेपाली खेलाडीहरूले आफ्नो जिम्मेवारी अनुरूप पनि नखेल्दा पछाडि परेको रिजनको बुझाइ छ । टिमको जित नभएसम्म आफ्नो प्रदर्शनबाट सन्तुष्ट नहुने उल्लेख गरेका छन् । अन्तिम खेलमा जित्नका लागि आफूले धेरै मिहिनेत गर्ने उनी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर