माओवादी स्थायी समिति बैठक बस्दै
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । हिजो बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य ब्यस्तताका कारण बस्न नसके पछि आज बस्न लागेको हो।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने माओवादी केन्द्रका प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए । हिजो गृह जिल्ला चितवन र धादिङका बिभिन्न कार्यक्रममा अध्यक्ष प्रचण्ड ब्यस्त भएपछि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको थियो । बैठकमा विशेष गरी चार विषयमा छलफल हुनेछ। यी बाहेक समसामयिक राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने उपाध्यक्ष सापकोटाले बताए ।
माओवादी केन्द्रको पुस २ गतेदेखि सुरू हुने केन्द्रीय कमिटीको एजेन्डाका विषयमा छलफल हुनेछ।गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, बिआरआइ सम्झौंता, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बैठक बोलाइएको थियो । सो बैठकले पूर्व राष्ट्रपति नन्दकिशोर पुन पासाङ र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई फेरि राजनीतिमै सक्रिय बनाएर पदाधिकारी बनाउने निर्णय गर्ने आंकलन गरिएको छ ।
प्रतिक्रिया