श्रीलंकाका लागि प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ सुरु
श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सुरु भएको छ ।
बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ गरेको हो । सरकारले पूर्णबहादुर नेपाली प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काको लागि नेपालको आवासीय राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित राजदूत नेपालीको संसदीय प्रक्रिया सुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रस्तावित राजदूतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिइन् ।
उनले साथै प्रस्तावित राजदूत उपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताइन् ।
नेपालको संविधानबमोजिम सङ्घीय संसद, संसदीय सुनुवाइ समितिबाट सुनुवाइ सम्पन्न भएपश्चात राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ ।
प्रतिक्रिया