बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प

बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *