
भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ


भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पेनहरूमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्दिखर्क नगरपालिका-१ घर भएका ४३ वर्षीय चिरञ्जीवी पौडेल र धनुषाको लोहोना घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल छन् ।
उनीहरूबाट भन्सार छलीको किया कम्पनीको बा २४ च ३२९३ नम्बरको कार, १४ लाख ६० हजार नगद, डेल कम्पनीको ५ थान ल्यापटप, सामसुङ कम्पनीको ए१६ मोबाइल ७ थान, २३ थान घडी, २ वटा आइफोन बरामद भएको छ ।
प्रतिक्रिया