
देश छोडेर भागेका सिरियाका राष्ट्रपति असदलाई रुसको आश्रय


विद्रोही समूह हायात ताहिर अल–शाम्स (एचटीएस)ले आक्रमण गरेपछि देश छोडेका सिरियाका राष्ट्रपति बाशर अल–असद परिवारसहित रुस पुगेका छन् ।
उनलाई मानवताका आधारमा रुसले आश्रय दिएको रुसी अधिकारीहरूले बताएका छन् । रुसी समाचार एजेन्सीहरू इन्फोट्याक्स, टास र रिया नोवोस्तीले क्रिमलिन स्रोतलाई उद्धृत गर्दै असद रुसमा पुगेको समाचार प्रकाशन गरेका छन् ।
एक रुसी विमानले अपदस्थ राष्ट्रपति असदलाई रुस लगेको हुनसक्ने आशंका गरिएको छ । विद्रोही फौजले आइतबार बिहान राजधानी दमास्कसमा हमला गरी असदको सत्तालाई पराजित गरेको घोषणा गरेको थियो । विद्रोही राजधानी आइपुग्नुअघि नै असद भागेका थिए । तर उनी कहाँ गए भन्ने यसअघि जानकारी थिएन ।
- ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
प्रतिक्रिया