कानून निर्माणका सवालमा समितिले सरकारको ध्यानाकर्षण गराउन नसकेन : सांसद भुसाल

नेकपा (एकीकृत समाजवादी) का सांसद डा.वेदुराम भुसालले कानून निर्माणका सवालमा संसदीय समितिले सरकारको ध्यानाकर्षण गराउन नसकेको भन्दै असन्तुष्टी जनाएका छन्।

आईतवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसद भुसालले यस्तो बताएका हुन्। उनले कानून निर्माण गर्ने प्रक्रिया नै कानून नबनाउने जस्तो देखिएको बताए।

उनले संविधान कार्यान्वयन गर्नको लागि आवश्यक कानून निर्माण गर्न नसकिएको उल्लेख गर्दै उहाँले बढीभन्दा बढी कानून निर्माण कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्न आवश्यक रहेको बताए।  अहिलेकै अवस्थामा संविधान संशोधन गर्ने कुरा सम्भव नरहेको बताए। संविधान कार्यान्वयनको समिक्षा नै नगरि संशोधन गर्ने कुरा जनतालाई स्विकार नहुने उनको तर्क थियो।

उनले भने, ‘जम्मा २ वटा विधेयक आएका छन्। समतिबाट सरकारको ध्यानाकर्षण नै गर्न सकिएन। एउटा, पाटो यो छ। आफ्नै भोगको तीतो अनुभव के छ भने ११ महिना मन्त्रालयमा बस्दा एउटा विधेयक बनाउन सकिएन। हाम्रो कानून बनाउने प्रक्रिया नै कानून नबनाउने खालको प्रक्रिया भयो के। कानून त बनाए भयो नि। बिचमा केही समस्या आए फेरि संशोधन गर्न सकिन्छ। संविधान कार्यान्वयन गर्न कानून नबनेको अवस्थामा कसरि कानूनहरु निर्माण गर्न सकिन्छ यसमा चाहीँ सहकार्य गरौं। राष्ट्रिय सभाअन्तर्गत भएको हिसावले यो समिति पनि कानून निर्माणसँग जोडिएको छ। एकातिर चाँही संविधान संशोधन भन्ने अर्कोतिर संविधान कार्यान्वयनका लागि चाहिने काम चाँही नगर्ने कम भयो क्या। संविधान के मा संशोधन गर्ने रु संविधानको समिक्षा नगरि के मा संशोधन गर्ने रु अहिले बाहिरका नीतिहरु संशोधन हो भने त्यो सम्भव छैन। त्यो जनतले स्विकार गर्ने स्थिति छैन । अहिले संघीयकोबारे के गर्ने भने पनि आखिरमा संघीयता अस्वीकार हुने स्थिति त देखिँदैन नि फेरि पनि।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *