एकले अर्कोको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुँदैन : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार र निर्माण व्यवसायीहरुका बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो ? भन्दै प्रश्न गरे ।
उनले एकले अर्काको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुन नसक्ने बताए । उनले निर्माण व्यवसायी र सरकारबीचको साझा अभिभारा देश निर्माण भएको बताए ।
सरकार र निर्माण व्यवसायी बीचको सम्बन्ध ट्रयाक भन्दा बाहिर जान दिनु नहुने बताए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले वास्तविकतालाई बुझेर अघि बढ्न जरुरी रहेको बताए ।
उनले बजेट वितरणमा धेरै समस्या रहेको बताउनु भयो । बिना अध्ययन र तयारीका आयोजनाहरुबाट देश बन्न नसक्ने बताए । बजेट वितरण प्रणालीमा निर्णायक सुधारको जरुरी रहेको उल्लेख गरे ।
प्रतिक्रिया