यी हुन् पोखराले लुम्बिनीलाई हराउँदा बनेका ४ नयाँ रेकर्ड

नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा  एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएर पहिलो जित हात पार्दा केही नयाँ रेकर्डहरू बनेका छन् ।

एन्ड्रेस गाउस एनपिएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले ५४ बलमा १२ चौका र ५ छक्कासहित १०० रन बनाए ।

एन्ड्रेस गाउसले १०० रन जोड्ने क्रममा सर्वाधिक छिटो अर्धशतक पनि बनाए । उनले २० बलमा अर्धशतक पूरा गरे ।

गाउस र दिनेश खरेलले सर्वाधिक रनको साझेदारी पनि बनाए । उनीहरूले पहिलो विकेटको लागि अविजित १७० रनको साझेदारी गरे। यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकरेले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि अविजित १ सय १६ रनको साझेदारी गरेका थिए ।

साथै जारी एनपिएलमा विकेटको आधारमा १० विकेटको जित सर्वाधिक अन्तरको जित पनि बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर