
राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा


राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज जानकारी लिएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे ।
यही मङ्सिर १९ गते सो अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उनको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया