
एनपिएल : चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित

नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले विजयी शुरुवात गरेको छ ।
आज (शुक्रबार) त्रिवि क्रिकेट मैदानमा कर्णालीले चितवन रोइनोजविरुद्ध ६ विकेटको रोमाञ्चक जित हात पारेको हो । चितवनले दिएको १३० रनको लक्ष्य कर्णालीले अन्तिम ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
अन्तिम ओभरमा कर्णालीलाई जितका लागि ९ रन चाहिएको थियो । तर, एक बलअघि नै कर्णालीले लक्ष्य पूरा गरेको हो। कर्णालीका शिखर धवनले सर्वाधिक ४५ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३० रन बनाएको थियो । चितवनका लागि इंग्लिस ब्याटर रवि बोपाराले अर्धशतक बनाए । बोपाराले ४० बलमा अविजित ५९ रन बनाए ।
चितवनले पहिलो दुवै खेल जितेको थियो भने कर्णालीले पहिलो दुवै खेल हारेको थियो । चितवनले यसअघिका खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेट र पोखरा राइनोजलाई ८७ रनले पराजित गरेको थियो । याक्स पहिलो दुई खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले र गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया