
सहकारी ठगी प्रकरण
बेलायत जान जहाज चढेका जिबी र रविका पार्टनर पक्राउ

बेलायत जान जहाज चढेका जिबी र रविका पार्टनर कृष्णबहादुर गुरुङ पक्राउ परेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा फरार गुरुङ बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा साँझ ६ बजे दोहा हुँदै बेलायत उड्न लागेका थिए । विमानले उडानको तयारी गरिरहँदा अध्यागमनले उनलाई झारेर नेपाल प्रहरीको जिम्मा लगाएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया