
चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य


चितवन राइनोजले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।
रवि बोपाराले ४० बल खेल्दै ७ चौका र१ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए ।
टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको अविजित ५९ रन मद्दतमा ७ विकेट गुमाए र१३० रन बनाएको हो । कप्तान कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे ।
जिसान मक्सुले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।
प्रतिक्रिया