
विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर सम्पन्न


सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर सम्पन्न भएको छ ।
जानकी मन्दिरबाट बाजागाजासहित पुगेर जनकपुरधामको ऐतिहासिक गंगासागरमा भव्यतापूर्वक जानकीको मटकोर सम्पन्न गरिएको हो ।
सो अवसरमा गंगासागरमा नित्यदिन साँझ हुने गंगा महा आरती दिउँसै नै भएको छ । मटकोर अब्लोकन गर्न हजारौँ श्रद्धालुको भीड लागेको थियो ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको छैटौँ दिन भोली शुक्रबार जनकपुरमा भगवान् राम र जानकीको डोला फेर गरी सोयम्बर गरी विवाहको काज हुने छ ।
मंसिर १६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ ।
भोलि विवाहपञ्चमी र शनिबार अयोध्याबाट जन्ती आएका साधुशन्तको बिदाइ अर्थात् राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।
प्रतिक्रिया