एनपिएल : सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

नेपाल सुपर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गुर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

योसँगै दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने तय भएको छ। सुदूरपश्चिमले यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेकाले लगातार दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा छ।

यस्तोमा पहिलो खेल गुमाएर दोस्रो खेलमा जित निकालेको काठमान्डु आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहेको छ।

यस्तो छ काठमान्डु गुर्खाज प्लेइङ ११:
माइकल लेभिट, स्टेफेन इस्किनाजी, सुमित महर्जन, जेरार्ड एरासमस, भीम सार्की, शंकर राना, नाथन सोटर, करण केसी, रासिद खान, शाहब आलम, प्रतिक श्रेष्ठ

यस्तो छ सुदूरपश्चिम रोएल्स प्लेइङ ११:
इशान पाण्डे, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहन मुस्तफा, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद, नरेश बुढाएर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर