
एनपीएल : जनकपुरले फिल्डिङ गर्ने, पोखरा ब्याटिङ गर्दै


पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिला फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिलकुमार साहले टस जितेर फिल्डिङको निर्णय लिए । कुशल भुर्तेल पहिला ब्याटिङमा आउने छन् । उनी चितावनका विरुद्दा डक आउट भएका थिए ।
जनकपुर तेस्रो र पोखरा दोस्रो खेल खेल्दै छन् । यसअघि जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो । पोखराले चितवनसँग हार हारेको थियो । जनकपुर आजको खेलमा पोखरालाई हराउँदै अंक तालिकाका शीर्ष स्थानमा कायमै रहन चाहन्छ ।
प्रतिक्रिया