विवाहपञ्चमी : जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो

जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेको छ । सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी सुरतको जिनमाता ट्रष्टले उपलब्ध गराएको हो ।

रामजानकीको तिलक भन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको सो चुनरीलाई लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए । मन्दिर पुग्नुपूर्व चुनरीलाई लिएर नगर परिक्रमा गरिएको थियो ।

चुनरीसहित परिक्रमा भइरहेको बेला स्थानीयवासी चुनरी माथि फूल वर्षाएका थिए । एकातिर जानकी माता र भगवान रामको तिलक भइरहेको छ भने अर्कोतर्फ चुनरी कार्यक्रमले विवाहपञ्चमी उत्सवकै रौनकता थपेको जानकी मन्दिरका पुजारी रामतपेश्वर दास वैष्णवले बताए ।

सो कार्यक्रममा पूर्वमन्त्री एवं सांसद जुली महतो लगायत विभिन्न राजनीतिकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *