चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई आग्रह गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट चिनियाँ राष्ट्रपति सिलाई प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

चिनियाँ प्रधानमन्त्री लीलाई भने उनले समकक्षीको रुपमा नेपाल भ्रमणको निम्तो दिएका हुन् । उनीहरू दुवैले उपयुक्त समयमा नेपाल आउने जानकारी गराउँदै निमन्त्रणका लागि धन्यवाद दिएका छन् ।

सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज (मंगलबार) उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर