नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान, नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्र आदानप्रदान, थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल, विकास योजना सम्बन्धी समझदारी पत्र, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र, नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र तथा एनटिभी र चाइना मिडिया ग्रुपबीच सन्चार प्रविधि सम्बन्धी समझदारीपत्रमा सहमति भएको छ ।

‘कनेक्टिभिटी, पूर्वाधार विकास, मेडिकल सहकार्य, कृषि, पर्यटन, व्यापार, लगानी, विज्ञान प्रविधि, खेलकुद, गरिबी निवारण, जनसम्पर्कजस्ता विषयमा सहकार्य आदानप्रदान गर्ने समझदारी भयो,’ प्रवक्ता ढकालले भने, ‘यो वार्ताले दुई देशको सम्बन्धलाई अझै उचाईमा लैजान सहयोग पुर्‍याएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर