करिब ७ किलो कोकिनसहित केन्याली महिला त्रिभुवन विमानस्थलमा पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलो कोकिन बरामद गरिएको छ ।

आइतबार साँझ सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा वेश र  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको संयुक्त चेकजाँचको क्रममा ६ किलो ८ सय ४०  ग्राम कोकिन बरामद गरिएको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सहप्रवक्ता थापाका अनुसार उक्त कोकिन हाते ब्यागमा लुकाएर ल्याउने केन्याली महिला चिलियन केरुबो ओगिटोलाई पक्राउ गरिएको छ ।  कतार एयरवेजबाट आएकी उनलाई  थप अनुसन्धान र कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने तयारी रहेको सहप्रवक्ता थापाले बताए ।

सहप्रवक्ता थापाका अनुसार उक्त कोकिन हाते ब्यागमा लुकाएर ल्याउने केन्याली महिला चिलियन केरुबो ओगिटोलाई पक्राउ गरिएको छ ।  कातार एयरवेजबाट आएकी उनलाई  थप अनुसन्धान र कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने तयारी रहेको सहप्रवक्ता थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर