स्थानीय तह उपनिर्वाचन : ६२ प्रतिशत मत खसेको अनुमान

रिक्त रहेका स्थानीय तहमा उपनिर्वाचन सम्पन्न भएको छ ।

नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष समेत गरेर ४१ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।

उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा मत खसेको छ भने सबैभन्दा कम काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ मा मत खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर