प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदकाे आकस्मिक बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सोमबार चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा बैठक डाकेका हुन्।
बैठकको एजेन्डाबारे विस्तृत जानकारी बाहिर नआए पनि महत्वपूर्ण निर्णयहरूका लागि बैठक आह्वान गरिएको अनुमान गरिएको छ।
सरकारका उच्च पदस्थ स्रोतका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही समयमा बस्ने तयारी छ। हालको राजनीतिक, आर्थिक तथा प्रशासनिक परिप्रेक्ष्यमा बैठकले महत्त्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।
सोमबार हुने नियमित मन्त्रिपरिषदको बैठकले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गरिने बताइएको छ।
यसअघि पनि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएर नीतिगत तथा रणनीतिक विषयमा निर्णय गर्दै आएका छन्। थप जानकारी बैठकपछि सार्वजनिक गरिने बताइएको छ।
प्रतिक्रिया