पुथा उत्तरगंगामा ३ हजार २ सय ६८ मत खस्यो

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा ३ हजार २ सय ६८ मत खसेको छ ।

आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा मध्यान्ह सवा १२ बजेसम्म १ हजार ५ सय ७८ महिला र १ हजार ५ सय ९० पुरुषले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिकाको १४ वडामा १९ मतदान स्थल छन् । २२ वटा मतदान केन्द्रमा ११ हजार १ सय ८० जना मतदान छन् ।

यहाँ नेपाली काँग्रेस र नेकपा एमालेबाट केशकुमारी तुलाचन उम्मेदवार छिन् । त्यस्तै, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट नरपुरा बुढा पुन उम्मेदवार छिन् । वडा नम्बर २ को अध्यक्षमा भने जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *