चितुवाको गतिमा अर्थतन्त्रको सुधार हुनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुन आवश्यक रहेको बताए ।

बिहीवार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन। उनले आर्थिक क्षेत्रमा आमुल परिर्वतन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै कछुवाको गतिमा हुने सुधारले गर्न सम्भव नभएको बताए। उनले नेपालको पहिलो पटक भएको कन्ट्री रेटिङ रिपोर्टमा डबल बी माइनस रेटिङ पाउनु मुलुकको लागि सुखद् पक्ष भएको बताए । उनले दक्षिण एशियामा भारतपछि नेपाल लगानीको क्षेत्र आकर्षक भएको देखिएको बताए । उनले अब सरकारले नीतिगत सुधार गरी कार्यान्वयन ल्याएमात्रै कन्ट्री रेटिङको फाइदा दिनसक्ने बताए । उनले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएर निजी क्षेत्रको पनि समावेश गरिन स्वागतयोग्य भएको बताए ।

उनले भने,‘नेपालको अर्थतन्त्रमा प्लाष्ट्रिकजन्य उद्योगहरुले उद्यमशिलता प्रवद्र्धनका साथै ग्रामिण र शहरी क्षेत्रमा आर्थिक गतिविधिका क्षेत्रमा भुमिका खेलेको छ । यो क्षेत्रमा नेपालमा करिव ७५ हजार मानिसहरुले रोजगारी पाएका छन् । कुल आद्योगिक उत्पादनमा प्लाष्ट्रिकजन्य उद्योगको हिस्सा ५ प्रतिशत छ जसले राष्ट्रिय उत्पादनमा योगदान पु¥याउँदै आएको छ । कच्चा पदार्थ आयातमा भन्सारदर घटाउनुपर्छ । साप्टा आदी सुविधाका कारण कच्चा पदार्थमा तयार वस्तुभन्दा बढी भन्सार तिर्नुपरेको छ । नेपालको कन्ट्री रेटिङ पहिलो पटक भएको छ । डब्बल बी माइनस रेटिङ पाउनु मुलुकको लागि धेरै सुखद् पक्ष हो । दक्षिण एशियामा भारतपछि लगानीको क्षेत्र आकर्षक भएको देखिएको छ । यसलाई सरकारले नीतिगत सुधार गरी कार्यान्वयन ल्याए मात्रै कन्ट्री रेटिङको फाइदा दिनसक्छौं । उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएर निजी क्षेत्रको पनि समावेश गरिएको छ । आर्थिक क्षेत्रमा आमुल परिर्वतन गर्नुपर्ने अहिलेको आवश्यकता छ । त्यो काममा सरकार अग्रसर हुन आवश्यक छ । अर्थतन्त्रमा देखिएको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुनुपर्छ ।’

उनले नेपालको अर्थतन्त्रमा प्लाष्ट्रिकजन्य उद्योगहरुले उद्यमशिलता प्रवर्द्धनका साथै ग्रामिण र शहरी क्षेत्रमा आर्थिक गतिविधिका क्षेत्रमा भुमिका खेलेको बताए । उनले यो क्षेत्रमा नेपालमा करिव ७५ हजार मानिसहरुले रोजगारी पाएको बताए । उनले कुल आद्योगिक उत्पादनमा प्लाष्ट्रिकजन्य उद्योगको हिस्सा ५ प्रतिशत रहेको बताए । उनले कच्चा पदार्थ आयातमा भन्सारदर घटाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर